ओलीको चुनावी अभियानमा सहभागी हुन योगेश भट्टराई झापा जाँदै,एकताबद्ध भएर पार्टीलाई विजय गराउन आग्रह
उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन १६ । गृह जिल्लामा नेकपा एमालेका उम्मेदवार क्षितिज थेबेको चुनावी कार्यक्रममा सहभागी हुन आउनु भएका एमाले उपमहासचिव योगेशकुमार भट्टराई पार्टी अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन कार्यक्रममा पनि सहभागी हुनुहुने भएको छ ।
एमालेको पालिका स्तरीय अन्तिम चुनावी सभालाई शनिवार अपरान्ह फुङलिङमा सम्बोधन गरी भट्टराई ओलीको निर्वाचन क्षेत्र झापा–५ जाने लाग्नु भएको हो । पार्टी अध्यक्ष ओलीले फोन गरी आफ्नो निर्वाचन क्षेत्रको चुनावी अभियानमा समेत सहभागी भइदिन भट्टराईलाई आग्रह गर्नु भएको थियो । पार्टी अध्यक्ष ओलीको चुनावी कार्यक्रममा सहभागी भएर भट्टराई फेरि मतदानका लागि गृह जिल्ला फर्कने कार्यक्रम रहेको भट्टराईका स्वकीय सचिव सन्तोष मादेनले जानकारी दिनुभयो । फुङलिङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्नु अघि भट्टराईले शनिवार बिहान एक भिडियो सन्देश जारी गर्दै नेकपा एमालेमार्फत सिङ्गो देशको विजयका लागि सानातिना कुरालाई थाँती राखेर एकताबद्ध भएर लाग्न तमाम कार्यकर्तालाई आग्रह समेत गर्नु भएको छ। अहिलेको संकटलाई पार लगाउन,देशको सिङ्गो राष्ट्रिय स्वाभीमानलाई उठाउन,सुरक्षा निकायको गुमेको मनोवल उकास्न र सुरक्षा निकाय माथि अर्गनल ढंगले गरिएका प्रचार र प्रश्नलाई किनारा लगाई राष्ट्रको आत्मविश्वास बढाउन देशैभरका एमाले उम्मेदवारले जित्नुपर्ने दावी समेत उहाँले गर्नु भएको छ ।
भिडियो सन्देशमा भट्टराईले पार्टीभित्र अनेकौं विमति,अन्तरद्धन्द र अन्तरविरोध भएपनि ति अन्तरबिरोधलाई छताछुल्ल पार्ने बेला अहिले नभएको बताउनु भएको छ ।‘हामी एकताबद्ध भएर अघि बढेमा मात्र सिङ्गो देशले जित्ने छ,त्यो जीत नै एमालेको जीत हो’उहाँले कार्यकर्ताहरुलाई आवश्वात पानु भएको छ । उहाँले पार्टी र उम्मेदवारलाई मतदाताले गरिरहेका प्रश्न,दिएका राय सुझाव,आलोचना र टिप्पणीप्रति सम्मान व्यक्त गर्दै आम मतदाता र नेपालीले उठाएका जाजय टिप्पणी र आलोचनाहरुलाई सुधार गर्दै आगामी दिनमा एक बलियो राष्ट्र शक्तिको रुपमा पार्टीलाई जुरुक्क उठाउने दावी समेत गर्नु भएको छ । एमाले माथि देशभक्तिको सवालमा कुनै प्रश्न नरहेको दावी गर्दै भट्टराईले हिमाल,पहाड,तराई र मधेसलाई बलियो राष्ट्रवादको अभियानमा सामेल गराउँदै सामाजिक सद्भाव,विकास र समृद्धिको अभियानमा एमालेले नेतृत्व गरेका सरकारले थुप्रै गतिशिल काम गरेको बताउनुभयो ।
भट्टराईले सुशासनका सन्दर्भमा परिचालित हुनुपर्ने निकायहरुलाई उचित र प्रभावकारी ढंगले परिचालित गर्न नसक्दा आएका समस्या समाधानका लागि एमाले नेतृत्वको आगामी सरकारले प्रभावकारी काम गर्ने बताउनुभयो । राज्यलाई आम जनताको पहुँचसम्म पु¥याउन,जनतामा लोक कल्याणकारी काम अघि बढाउन,शान्ति प्रकृया व्यवस्थापन गर्न एमाले नेतृत्वको भएका सकारात्मक कार्य अहिलेपनि प्रशंसा गर्न लायक रहेको बताउनुभयो । सुशासनको सन्दर्भमा पार्टी र पार्टीका नेताहरु छानबिनको दाहेरा भन्दा बाहिर नजाने बताउँदै भट्टराईले भ्रष्टाचार नियन्त्रण र सुशासन कायम राख्न आगामी दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सहितका निकायलाई थप निश्पक्ष बताउँदै अनुसन्धानको दाहेरा समेत फराकिलो बनाउनुपर्नेमा जोड दिनुभयो । राष्ट्र,राष्ट्रिय स्वामीभान,देश विकास र समृद्धि सहितको कामका लागि आउँदो निर्वाचमा एमाले उम्मेदवारले जित्नुको विकल्प नरहेको उहाँको भनाई छ ।