ताप्लेजुङका १३ उम्मेदवार,३८ देखि ६६ बर्ष उमेरका,५ उम्मेदवार एकै पालिकाका !

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ ७ । आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका क्रममा ताप्लेजुङमा मनोनयन दर्ता गरेका १३ उम्मेदवार ३८ देखि ६६ बर्ष उमेर समूहका देखिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत शम्मीकपुर शाहका अनुसार सबैभन्दा कम ३८ बर्षका एमाले उम्मेदवार क्षितिज थेबे रहनु भएको छ भने सबैभन्दा बढी ६६ बर्षका जनता समाजवादी पार्टी नेपालका सूर्य गुरुङ उम्मेदवार रहनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार मंगोल नेस्नल अर्गनाइजेसनका सन्तबहादुर लिम्बू ५५ बर्षका,संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लावुङ लिम्बू ४४ बर्षका,नेपाल जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बू ४८ बर्षका,नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्री ५० बर्षका रहनु भएको छ ।

श्रम संस्कृति पार्टीका सन्तोष राई ४९ बर्षका,जनता समाजवादी पार्टीका अरुण लेछर्बो लिम्बू ४८ बर्षका,राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापा ६३ बर्षका,राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठ ५५ बर्षका,नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का नरपति पौडेल ६१ बर्षका,उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेन ६५ बर्षका र नेपाली काँग्रेस पार्टीका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बू ४६ बर्षका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
५ जना उम्मेदवार एकैपालिकाका !
ताप्लेजुङमा उम्मेदवारी दर्ता गरेका १३ मध्ये ५ उम्मेदवार सिरिजङ्गा गाउँपालिकाका रहनु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेपाली काँग्रेसका गजेन्द्रप्रसाद तुम्याहाङ लिम्बू(खेवाङ),नेकपा एमालेका क्षितिज थेबे(सिनाम),नेपाली कम्युनिष्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्री(पेदाङ),राश्वपाका वीरेन्द्र श्रेष्ठ(सिनाम) र श्रम संस्कृति पार्टीका सन्तोष राई(याम्फुदिन)का रहनु भएको छ । अन्य ८ उम्मेदवारमध्ये फुङलिङ नगरपालिकाका चार तथा फक्ताङलुङ,मिक्वाखोला गाउँपालिकाका दुई–दुईजना रहनु भएको छ ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लावुङ र नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का नरपति पौडेल फक्ताङलुङका तथा राप्रपाका इन्द्रप्रसाद थापा र नेपाल जनमुक्ति पार्टीका इन्द्रकुमार लिम्बू मिक्वाखोलाका हुनुहुन्छ । मंगोल नेस्नल अर्गनाइजेसनका सन्तबहादुर लिम्बू,जनता समाजवादी पार्टीका अरुण लेछर्बो लिम्बू,जनता समाजवादी पार्टी नेपालका सूर्य गुरुङ र उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेन फुङलिङ नगरपालिकाका रहनु भएको छ ।

Similar Posts