अनुदानमा कफी खेति कार्यक्रम सञ्चालन गर्दै मेरिङदेन
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २२ । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कफी खेति प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रत्नेश्वरप्रसाद शाहका अनुसार कोशी प्रदेश सरकारबाट हस्तान्तरित सर्शत अनुदान कार्यक्रम अन्तरगत प्रदेश सरकारबाट स्थानीय तहमा वित्तीय हस्तान्तरण भइ आएको कार्यक्रम बमोजिम ५० प्रतिशत अनुदानमा कफी खेति प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्न लागिएको हो । कफी खेति प्रवद्र्धन कार्यक्रममा सहभागी हुन चाहने इच्छुक कृषक,कृषक समूह,कृषि फर्म र कृषि सहकारी संस्थाहरुले आउँदो माघ ६ गते भित्र पालिकामा आबेदन दिनुपर्ने हुन्छ ।
आबेदनकर्ताले आबेदनका साथ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि,प्रचलित कानुन बमोजिम आधिकारिक निकायमा दर्ता तथा नविकरण भएको पान नं तथा भ्याट दर्ताको प्रमाणपत्र,अघिल्लो आर्थिक बर्षको लेखा परीक्षण प्रतिबेदन र करचुक्ता कागज,समूह र संस्थाको हकमा कार्य समितिको निर्णय,कार्यक्रम कार्यान्वयन स्थलको जग्गाको स्वामित्व खुल्ने कागजात,लिजमा लिएको भए वडा कार्यालयको रोहवरमा गरिएको करार नामा सम्झौतापत्र समेत संलग्न राख्नुपर्ने पालिकाले जनाएको छ ।