हेल्लोकमा भएको आगलागीबाट ९ लाखको क्षति

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस १० । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा गएराति भएको आगलागीबाट करिव ९ लाख मूल्य बराबरको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमका अनुसार तापेथोक हेल्लोकका दर्शन लिम्बूको घरमा आगलागी हुँदा ९ लाख मूल्य बराबरको क्षति भएको हो । लिम्बूको ढुङ्गा,माटो र काठले बनेको तीनतले घर,घरभित्र रहेको अन्नपात,भाडा वर्तन,लत्ताकपडा सहितका सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ ।

घरमा ठूलो मान्छे नभएको समयमा साना बालबच्चाले आगो ताप्नका लागि बालिएको आगो नियन्त्रण बाहिर गएर आगलागी भएको हुनसक्ने प्रहरीले बताएको छ ।

Similar Posts