राई श्रम संस्कृति पार्टीबाट ताप्लेजुङमा प्रतिनिधिसभाको उम्मेदवार बन्ने
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ७ । श्रम संस्कृति पार्टीले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनका लागि ताप्लेजुङबाट प्रत्यक्ष र समानुपातिकतर्फ उम्मेदवारको सिफारिस गरेको छ ।
जिल्ला अध्यक्ष निमतेञ्जी शेर्पाका अनुसार प्रत्यक्षतर्फ याम्फुदिनका सन्तोष राईको एकल नाम सिफारिस गरिएको छ । जिल्ला समन्वय समितिका सदस्य रहेका राईले जिसस सदस्यबाट राजीनामा गरी श्रम संस्कृति पार्टीकातर्फ प्रतिनिधिसभाको उम्मेदवार बन्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा काँग्रेस,तत्कालिन माओवादी केन्द्र र नेकपा एसको गठबन्धनबाट माओवादी केन्द्रको सिफारिसमा उहाँ जिसस सदस्यको उम्मेदवार बनि बिजयी हुनु भएको थियो । श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ अमर लुहार(विक),साङ्गे शेर्पा,मञ्जु राई लिम्बू,निमतेञ्जी शेर्पा र नरेन्द्र इदिङ्गो लिम्बूको नाम सिफारिस गरेको सो पार्टीले जनाएको छ ।