आठराई त्रिबेणीले आलु प्रवद्र्धनात्मक कार्यक्रममा ७५ प्रतिशतसम्म अनुदान दिने
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक ३० । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले ७५ प्रतिशतसम्म अनुदान दिएर आलु खेतिका लागि पालिकाका किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानका अनुसार चालु आर्थिक बर्ष २०८२।८३ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार कुल लागतको अधिकतमश ७५ प्रतिशत अनुदान दिएर आलु प्रवद्र्धनात्मक कार्यक्रमका लागि प्रस्ताव आवह्वान गरिएको हो ।
पालिकाको वडा नं १,२,३ र ४ का किसानले अनुदान सहितको आलु प्रवद्र्धनात्मक कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सक्नेछन् । पालिकाले सम्वन्धित कृषि सहकारी संस्था,कृषि समूह र कृषि फर्म तथा कृषि उद्यमीहरुले प्रस्ताव दर्ता गर्न सक्ने बताएको छ ।
पालिकाले जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने प्रमाणपत्रको प्रतिलिपि,आव २०८१।८२ को करचुक्ता तथा आव २०८२।८३ का लागि नविकरण भएको पत्र कागजात समेत संलग्न राखी निबेदन दिनुपर्ने बताएको छ ।