प्रनि बस्नेतको सक्रियता,जिम्मेवारी सम्हालेको केहिदिनमै १० बर्ष सजाय तोकिएका फरार प्रतिवादी पक्राउ
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १८ । जबरजस्ती करणी मुद्दामा अदालतबाट १० बर्ष सजाय तोकिएका फरार प्रतिवादीलाई इलाका प्रहरी कार्यालय आठराई तेह्रथुमले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा आठराई गाउँपालिका वडा नं ३ मौलोडाँडा बस्ने ३४ बर्षिय प्रकाश थिङ्लावु रहेको इलाका प्रहरी कार्यालय आठराईका प्रमुख,प्रहरी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार प्रतिवादी थिङ्लावुलाई छातेढुङ्गाको दिपावली मेलामा लुकिछिपी बसेको अवस्थामा प्रकाउ गरिएको हो ।
बस्नेत केहिदिन अघि मात्र सरुवा भएर इलाका प्रहरी कार्यालय आठराई तेह्रथुमको प्रमुखको जिम्मेवारीमा पुग्नु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा रहँदा सूचना अधिकारी तथा प्रवक्ता रहनु भएका वस्नेतले जिम्मेवारी सम्हालेको केहिदिनमै फरार प्रतिवादी पक्राउ गर्ने अभियानमा सफलता पाउनु भएको छ ।