चौंरी गाईको आक्रमणबाट ताप्लेजुङमा बिदेशी नागरिक घाइते

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक १६ । चौंरी गाईको आक्रमणबाट ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा एक बिदेशी नागरिक घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख(डिएसपी)बेदप्रसाद गौतमका अनुसार फलेबाट घुन्सातर्फ जाने क्रममा अचानक चौंरी गाईले पछाडिबमाट आक्रमण गरी स्वीजरल्याण्डका नागरिक रोनाल्ड क्रिस्टोनलाई घाइते भएका हुन् । उनी कञ्चनजंघा क्षेत्रको भ्रमणका लागि आएका थिए । उनको पासपोर्ट नम्बर X0F03S29 रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

घाइते भएका उनको नजिकै रहेको स्वास्थ्य चौकी घुन्सामा लगि उपचार भइरहेको र उनलाई थप उपचारका लागि सोमवार हेलिकोप्टर आउने सम्भावना रहेको समेत प्रहरीले बताएको छ । घाइतेको पछाडि पट्टिको तिघ्रामा चोट रहेको र बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जानकारी दिएको छ । घटनाको जानकारी पाउनासाथ तत्कालै प्रहरी हवल्दार जीतबहादुर तामाङको नेतृत्वमा प्रहरी टोली परिचालित भएको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Similar Posts