थेचम्बुमा असोज १९ बाट फुटबल प्रतियोगिता हुँदै

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज १२ । ताप्लेजुङको थेचम्बुस्थित सनलाइट युथ क्लवको आयोजनामा यही असोज १९ गते देखि खुल्ला आमन्त्रित पुरुष तथा महिला फुटबल प्रतियोगिताका साथ मिनी मेला आयोजना हुने भएको छ ।

खेल संयोजक तेजवीर मेन्याङ्वोका अनुसार असोज १९ गते दिनको २ बजेदेखि प्रतियोगिता सुरु हुने छ । पाथीभरा याङवरक गाउँपालिकाको मुख्य प्रायोजन तथा राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी ताप्लेजुङको सह प्रयोजनामा कार्यक्रम हुन लागेको सनलाइट युथ क्लवका अध्यक्ष राम कटुवालले जानकारी दिनुभयो । क्लवका उपाध्यक्ष केशव पौडेलका अनुसार पुरुष फुटबलतर्फका बिजेताले तीनबर्षे रनिङ ट्रफी,मेडल र प्रमाणपत्रका साथ ९० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ । यस्तै उपबिजेता टिमले २ बर्षे रनिङ ट्रफी,मेडल र प्रमाणपत्रका साथ ४५ हजार रुपैयाँ नगद पुरस्कार पाउने छ ।

महिलातर्फ प्रथम हुनेले तीनबर्षे रनिङ ट्रफी,मेडल र प्रमाणपत्रका साथ ४१ हजार रुपैयाँ तथा उपजिबेता हुनेले पुरस्कार प्राप्त गर्ने छ भने उपबिजेता हुनेले २ बर्षे रनिङ ट्रफी,मेडल र प्रमाणपत्रका साथ नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने क्लवका सचिव लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । पुरुष फुटबलका लागि ६ हजार र महिला फुटबलका लागि २ हजार ५ सय रुपैयाँ प्रवेश शुल्क राखिएको आयोजकले जनाएको छ । पुरुषतर्फ पाँचथरका ३ र तेह्रथुमको एक सहित १६ तथा महिलातर्फ पाँचथरको २ सहित ८ टिमको सहभागिता रहने आयोजकले बताएको छ ।

Similar Posts