लिङ्तेपमा विद्यार्थीलाई ट्रेकसुट वितरण

-उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ९ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्रेकसुट वितरण गरिएको छ । लिङ्तेपभित्र रहेका विभिन्न चारवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई वडाले बुधबार ट्रेकसुट वितरण गरेको हो ।
वडाध्यक्ष वेदप्रसाद हाङगामका अनुसार लिङ्तेपका राजारानी आधारभूत विद्यालय, देवी आधारभूत विद्यालय, चण्डी आधारभूत विद्यालय र सिरिजंगा आधारभूत विद्यालयमा अध्ययनरत १८५ जना विद्यार्थीलाई ट्रेकसुट वितरण गरिएको छ । चालु आवका लागि मेरिङ्देन गाउँपालिकाबाट विनियोजित रकमले ट्रेकसुट खरिद गरी विद्यार्थीलाई वितरण गरिएको वडाध्यक्ष हाङगामले जानकारी दिनुभयो ।
विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित गर्न र उनीहरुको पढाइमा सहयोग पु¥याउने उद्देश्यले ट्रेकसुट वितरण गरिएको वडाध्यक्ष हाङगामको भनाइ छ । उहाँका अनुसार करिव एक लाख ८० हजार रुपियाँ बराबरको ट्रेकसुट खरिद गरी विद्यार्थीलाई वितरण गरिएको हो ।