मैवाखोलामा वार्डैपिच्छे सासुभत्ता बितरण गरिदैं

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ३ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले प्रत्येक वडामा पुगेर सामाजिक सुरक्षा भत्ता बितरण गर्ने भएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत चालु आर्थिक बर्ष २०८२।८३ को पहिलो त्रैमासिक किस्ताको सामाजिक सुरक्षा भत्ता असोज ५ गते आइतवार वडा नं ६ बाट सुरु गरिने छ । सामाजिक सुरक्षा भत्ता मैवाखोलास्थित लक्ष्मी सनराईज बैंक लिमिटेड साँघु शाखामार्फत बितरण गर्न लागिएको पालिकाले जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत गोम्देनका अनुसार सामाजिक सुरक्षा भत्ता असोज ७ गते वडा नं ५ मा,असोज ८ गते वडा नं १ मा,असोज ९ गते वडा नं २ मा,असोज १० गते वडा नं ४ र असोज १२ गते वडा नं ३ मा सामाजिक सुरक्षा भत्ता बितरण गरिने छ ।

Similar Posts