भदौमा पाथीभरामा आए ४५ सय दर्शनार्थी

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ३१ । भदौ महिनामा पाथीभरा मन्दिरमा ४ हजार ५ सय बढी तीर्थालुले मन्दिरको दर्शन गरेका छन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार उक्त महिनामा ९ लाख ९७ हजार रुपैयाँ भेटि गणना भएको छ । कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार भदौ महिनामा ४ हजार ५ सय ३ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।
क्षेत्र विकास समितिले पछिल्लो समय पाथीभरा मन्दिरमा संकलन भई गणना भएको भेटि र आएका दर्शनार्थीको विवरण मासिक रुपमा सार्वजनिक गर्दै आइरहेको छ । निशेधाज्ञा र कर्फ्युसम्म लाग्ने गरी मुलुकमा सृजना भएको अवस्थाका कारण भदौ महिनामा अपेक्षाकृत केहि कम दर्शनार्थी आएका छन् ।
नौरथाको सिजनमा पाथीभरामा दर्शनार्थीको चाप उल्लेख्य हुने विगतको अवस्था रही आएको छ ।