दुर्गादल गुल्मले भन्यो‘निशेधाज्ञाको प्रभावकारी पालना भएन,अत्यावश्यक बाहेक सडकमा नआउनू’

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २६ । अत्यावश्यक काम बाहेक पनि मानिसहरुको आवतजावत बढेको भन्दै ताप्लेजुङस्थित नेपाली सेनाको दुर्गादल गुल्मलेसडकमै निस्किएर निशेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

गुल्मपति सेनानी उमेश खड्काले निशेधाज्ञाको प्रभावकारी पालना नभए कानुन अनुसार हुनेतर्फ बुझिदिन आग्रह गर्नु भएको छ । सेनानी खड्काले निशेधाज्ञाको पूर्ण र प्रभावकारी पालना गरी शान्ति र अमनचयन प्राप्त हुने दिशामा सहयोग गर्न आग्रह गर्नु भएको छ । बिहीबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले ताप्लेजुङ जिल्ला भर निशेधाज्ञा जारी गर्नु भएको छ ।

प्रशासन कार्यालयले पूर्वमा मित्रराष्ट्र भारतको सिमानाबाट पश्चिम,पश्चिममा संखुवासभाको सिमानाबाट पूर्व,उत्तरमा मित्रराष्ट्र चीन तिब्बतको सिमानाबाट दक्षिण र दक्षिणमा तेह्रथुम र पाँचथर जिल्लाको सिमानाबाट उत्तर यति चारकिल्ला भित्र निशेधाज्ञा जारी गरेको छ । उक्त अवधिमा कुनैपनि प्रकारको भेला जुलुस,प्रर्दशन,बैठक,घेराउ गर्न पाइने छैन ।

Similar Posts