ताप्लेजुङको मैवाखोलामा पहिरोले २ जना वेपत्ता,दुई घर पुर्यो,एक घाइते
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २५ । ताप्लेजुङको मैवाखोला गाउँपालिका वडा नं ६ च्यानडाँडा भन्ने ठाउँबाट झरेको पहिरोले दुई घर पुर्दा २ जना वेपत्ता भएका छन् ।
एक बालक घाइते भएको जानकारी प्राप्त भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । मैवाखोला गाउँपालिका वडा नं ६ च्यानडाँडाका चेप्टे शेर्पा भनेर चिनिने लाक्पाखाङ्डु शेर्पा र निमा रिञ्जिन शेर्पाको दुई घर पहिरोले पुरेको अध्यक्ष वनेमले बताउनुभयो ।
लाक्पाखाङ्डुको घरमा निज सहित उनका नाति नातिनाहरु बसेका थिए । दुई नाति नातिनामध्ये १२ बर्षिया नाति दारिञ्जी शेर्पा घाइते भएका छन् भने उनकी दिदी १४ बर्षिय मिङ्मा याङ्गी शेर्पा सकुशल रहेको जानकारी आएको वनेमले बताउनुभयो । उहाँका अनुसार लाक्पाखाङ्डु र निमा रिञ्जिनकी श्रीमति बेपत्ता भएका छन् ।