आरसी र अरुणा क्याम्पस सञ्चालक समिति सदस्यमा मनोनित

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ११ । पाथीभरा बहुमुखी क्यााम्पस सञ्चालक समितिमा थप दुई सदस्य मनोनित हुनु भएको छ ।

क्याम्पसको विधान २०६७ (संसोधन २०७६) को परिच्छेद ४,धारा ११ को उपधारा १ को ब्यवस्था बमोजिम बुधवार सञ्चालक समिति अध्यक्ष शीला इजमले आठराई त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिन निवासी आरसी पोमू र सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाकी अरुणा लिम्बूलाई सदस्यमा मनोनित गर्नु भएको हो ।

सञ्चालक समितिमा यसअघि मेरिङदेन गाउँपालिका वडा नं ४ लिङतेप निवासी विश्वराज नाल्वो लिम्बू मनोनित भइसक्नु भएको छ ।

Similar Posts