तेल्लोक स्पोर्टिङ क्लव अनुपको कप्तानीमा मैदानमा उत्रदैं,कम्तिमा फाइनल पुग्ने लक्ष्य

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन २० । साउन २४ देखि ताप्लेजुङको फुङलिङमा हुने अन्तराष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपमा आयोजकको प्रतिनिधित्व गरेको तेल्लोक स्पोर्टिङ क्लव अनुप सेन्दाङको कप्तानीमा मैदानमा उत्रिने भएको छ ।

दोस्रो ताप्लेजुङ गोल्डकपमा आयोजकको प्रतिनिधित्व गरेको संघर्ष स्पोर्टिङ क्लव मैदानमा हुँदा समेत सेन्दाङ आफैं कप्तान हुनुहुन्थ्यो । तेल्लोक स्पोर्टिङ क्लवका अध्यक्ष अर्जुन भट्टराईले आफ्नो टोलीको लक्ष्य कम्तिमा फाइनलसम्म उत्रनु रहेको बताउनुभयो ।‘हामी कम्तिमा फाइनलसम्म पुग्ने लक्ष्यमा छौं’भट्टराईले भन्नुभयो‘फाइनलसम्मको लक्ष्य रहनु भनेको उपाधि होडमा बलियो दाबेदारी प्रस्तुत गर्नु पनि हो’ । इटहरी सुनसरीको द योङ ब्रदर्स क्लवसंग उद्घाटन खेल खेल्न लागेको तेल्लोक स्पोर्टिङ क्लवले दुई बिदेशी सहित नेपाली फुटबलको राष्ट्रिय टोली र ए डिभिजन लिग खेलेका ६ अनुभवी खेलाडीलाई टिममा निश्चित गरेको छ ।

भट्टराईका अनुसार फोफना र स्यामुइल दुई बिदेशी खेलाडी सहित योगेश गुरुङ,जीवन गुरुङ,रुपेश केसी र सन्देश श्रेष्ठ तेल्लोक स्पोर्टिङ क्लवको प्लेइङ सेटमा हुनुहुने छ । योगेश थ्री स्टारमा डिफेण्डरको भूमिकामा हुने गर्नुहुन्छ । रुपेश मनाङ मस्र्याङ्दीका अनुभवी मिड फिल्डरको रुपमा खेल खेलेका खेलाडी हुनुहुन्छ । सन्देश अनुभवी खेलाडीमा दरिनु भएको छ । साउन ३१ गते सकिने खेलमा भारत सिलगुढीको एक सहित ८ टिम सहभागी हुँदैछन् । प्रतियोगिताका बिजेताले ७ लाख २ हजार ८२ रुपैयाँ तथा उपबिजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार पाउनेछन् । यसपटक खेल अवधिमा सर्बोत्कृष्ट हुने एक खेलाडीले यमाहा कम्पनीको मोटरसाइकल उपहार पाउनेछन् ।

Similar Posts