|

पाथीभरा समितिद्वारा प्रहरीलाई उद्धार सामग्री प्रदान

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ६ । ताप्लेजुङस्थित पाथीभरा क्षेत्र विकास समितिले प्रहरीलाई उद्धार सामग्री प्रदान गरेको छ । समितिले बाढी, पहिरो, आगलागीजस्ता विपतका घटनामा प्रयोग गरिने उद्धार सामग्री नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उपलब्ध गराएको हो ।
विपतका घटनामा प्रयोग गरिने उद्धारका सामग्री जिल्ला प्रहरी कार्यालयष्उृय र सशस्त्र प्रहरी बल नम्बर १ गुल्म कञ्चनजंघा डेहक्वार्टरलाई उपलब्ध गराइएको छ । उद्धार सामग्री ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतम र कञ्चनजंघा गुल्मका गुल्मपतिलाई उपलब्ध गराएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिनुभयो ।
कार्यकारी निर्देक हाङ्बाङका अनुसार बाढीपहिरो, आगलागी, भूकम्पजस्ता प्राकृतिक विपतमा गरिने उद्धार तथा राहत सहयोगलाई प्रभावकारी बनाउनमा सहयोग पु¥याउने उद्देश्यले प्रहरीलाई उद्धार सामग्री उपलब्ध गराइएको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई वितरण गरिएको उद्धार सामग्रीमा स्ट्रेचर, सिलिन्डर, हेलमेट, फायर स्वेटर, वाटर ब्याग, गमबुट, हेभी लाइटलगायत रहेका छन् ।
यता प्राप्त उद्धार सामग्रीले विपत् आइलागेमा तत्काल उद्धारमा सहयोग पुग्नुका साथै विपतसम्बन्धी घटना न्युनिकरणमा थोरै भए पनि सहयोग पुग्ने प्रनाउ गौतमको भनाइ छ । ताप्लेजुङका ६१ वडामध्ये ४४ वटा वडा बाढीपहिरोको उच्च जोखिममा रहेका छन् भने ४६ वटा वडा आगलागीको उच्च जोखिममा रहेको जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांक रहेको छ ।

Similar Posts