|

ताप्लेजुङबाट पठाईएको थप २९ जनाको पीसीआर रिर्पोट नेगेटिभ

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, भदौ २४ । ताप्लेजुङबाट पठाईएको थप २९ जनाको पीसीआर परीक्षण रिर्पोट नेगेटिभ आएको छ । सदरमुकाम फुङ्लिङस्थित क्वारेन्टिनमा बसेका १७ सहित सोमवार २९ जनाको स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका लागि पठाईएका सबैको रिर्पोट नेगेटिभ आएको कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले जानकारी दिनुभयो । यो सहित ताप्लेजुङमा अहिले सम्म ५ सय ९९ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित ८ जनानै उपचार पछि घर फर्किसकेका छन् । अहिले ताप्लेजुङ कोरोना संक्रमण शुन्य भएको जिल्ला हो । प्रमुख जिल्ला अधिकारी चापागाँईले गएराती ३ जनालाई क्वारेन्टिनमा राखिएको बताउनुभयो । भारतसहित तेस्रो मुलुकबाट आएका ३ जनाको पीसीआर रिर्पोट नेगेटिभ रहेको प्रतिबेदन साथमा भए सम्वन्धित पालिकाका वडाध्यक्षलाई बुझाउने तयारी रहेको समेत प्रजिअ चापाँगाँईले जानकारी दिनुभयो । यसअघि क्वारेन्टिनमा रहेका १७ जनाको स्वाब परीक्षणका लागि पठाईएकोमा सबैको रिर्पोट नेगेटिभ आई सकेकोले उनीहरु सबै होम आइसोलेसनमा बस्ने गरी घरतर्फ जाने छन् । गएराति आएका ३ जनाको पनि पीसीआर रिर्पोट नेगेटिभ रहेको प्रतिबेदन रहेछ भने ताप्लेजुङ कोरोना संक्रमण शुन्य जिल्ला मात्र होईन,फेरी क्वारेन्टिनमा रहेकाको संख्या पनि शुन्य भएको जिल्ला बन्ने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts