फक्ताङलुङद्धारा प्राविधिक बाहेक अन्य बिषयमा सतप्रतिशत र प्राविधिक बिषयमा अध्ययन गर्नेलाई ५० प्रतिशत छात्रबृत्ति

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले प्राविधिक बाहेक अन्य संकायमा अध्ययन गर्नेलाई सतप्रतिशत र प्राविधिक शिक्षा अध्ययनगर्ने पालिकावासीलाई ५० प्रतिशत छात्रबृत्ति दिन थालेको छ ।
गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)का अनुसार चालु शैक्षिक सत्रमा १ सय ९ जनालाई पालिकाले अध्ययन शुल्क वापतको रकम दिनेगरी कागजातहरुको पुर्नमूल्याङकन थालेको छ । पालिका अध्यक्ष लिम्बूका अनुसार अहिलेसम्म प्राविधिक बाहेक पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययन गर्ने १ सय ३ जनाको कागजात नापपाँचको कार्य सकिएको छ । उनीहरुले अध्ययन शुल्कको सतप्रतिशत छात्रबृत्ति पालिकाबाट पाउने छन् ।
फक्ताङलुङले यसअघि नै प्राविधिक बाहेकको बिषयमा उच्च शिक्षा अध्यापन गराउने जिल्लाकै शिक्षण संस्थामा अध्ययन गरेको खण्डमा पालिकाका स्थायी बासिन्दाका लागि सत प्रतिशत छात्राबृत्ति उपलब्ध गराउनेगरि कार्यविधि नै बनाई सकेको छ । सोहि कार्यविधिका अनुसार पालिकाले छात्राबृत्ति उपलब्ध गराउने गर्छ । यता प्राविधिक शिक्षातर्फ भानुजन माविमा सिभिल ईञ्जिनियर अध्ययन गर्ने एक तथा वालसुवोधिनी संस्कृत माविमा हाइड्रो ईञ्जिनियरिङमा अध्ययनरत ५ जनालाई पालिकाले अध्ययन शुल्कको ५० प्रतिशत छात्राबृत्ति उपलब्त्र गराउने तयारी गरेको छ ।
पालिका अध्यक्ष लिम्बूले कागजात प्राप्त भएका १ सय ९ जना बाहेक छात्राबृत्ति प्राप्तिका लागि कसैको कागजात छुट भएको भए प्रमाण पुग्ने कागजात सहित पालिकामा सम्पर्क गर्न आग्रह गर्नु भएको छ। पालिकाले ग्लोवल आईएमई बैंकको चेकको प्रतिलिपि,विवाह भएर आउने बुहारी सदस्यका हकमा नाता प्रमाणित कागज,सम्वन्धित शिक्षण संस्थामा तिरेको शिक्षण शुल्कको रसिद सहितका कागजात पेश गर्न पालिकाले आग्रह गरेको छ ।