आठराई त्रिबेणीमा माओवादी केन्द्र र वाईसिएलको नयाँ नेतृत्व

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ११ । नेकपा (माओवादी केन्द्र)को ताप्लेजुङस्थित आठराई त्रिबेणी गाउँपालिका र उक्त पार्टीको सहायक संगठन वाईसिएल नेपालको पालिका कमिटीमा एकसाथ नयाँ नेतृत्व चयन भएको छ ।
नेकपा (माओवादी केन्द्र)का ताप्लेजुङ जिल्ला संयोजक बिष्णुकुमार लिम्बू(वीरु)का अनुसार बिमला लिम्बू(लाजिमा) अध्यक्ष रहेको पार्टीको आठराई त्रिबेणी गाउँपालिका कमिटी सर्वसम्मत चयन भएको छ । कमिटीको उपाध्यक्षत्रयमा गणेश साँवा लिम्बू,कमल रामदाम र बिमला गुरुङ,सचिवमा वीरेन्द्र हाङवाङ,सहसचिवमा खगेन्द्र गुरुङ र कोषाध्यक्षमा लक्ष्मी बराईली रसाईली चयन हुनु भएको छ । कमिटी ३९ सदस्यीय रहेको छ ।
उता वाईसिएलको तेस्रो गाउँपालिका अधिबेशनले प्रदीप वनेम अध्यक्ष रहेको २९ सदस्यीय कमिटी सर्वसम्मत चयन गरेको छ । कमिटीको उपाध्यक्षत्रयमा सुजन आङवुहाङ लिम्बू,सुरेन लिम्बू र मन्दीप लिम्बू,सचिवमा सरोज लिम्बू,सहसचिवत्रयमा शुक्रराज आङवुहाङ लिम्बू,कमल रसाइली र बिमल रामदाम तथा कोषाध्यक्षमा खाण्डु सोनाम शेर्पा रहनु भएको छ ।