कक्षा ११ र १२ मा विज्ञान बिषय अध्ययरत बिद्यार्थीलाई छात्रवृत्ति दिँदै पाथीभरा याङवरक,मागियो आबेदन

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ५ । कक्षा ११ र १२ मा विज्ञान बिषय लिई अध्ययरत पालिकाका स्थायी बासिन्दाका बिद्यार्थीलाई छात्रबृत्ति दिन ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिकाले आबेदन माग गरेको छ ।

पालिकाका शिक्षा शाखा प्रमुख अर्जुन श्रेष्ठका अनुसार छात्रबृत्ति पाउनका लागि सम्वन्धितले जेठ ११ गते सम्ममा पालिकाको शिक्षा शाखामा आबेदन दिईसक्नुपर्ने हुन्छ । आबेदनका साथ नागरिकता वा जन्मदर्ताको प्रतिलिपि,सम्वन्धित वडाको सिफारिस पत्र,बैंक खाता चेकको प्रतिलिपि र अध्ययरत रहेको सम्वन्धित शिक्षण संस्थाको पत्र संलग्न गर्नुपर्ने पालिकाले जनाएको छ ।

पालिकाले चालु आर्थिक बर्ष २०८१।८२ को स्वीकृत कार्यक्रम अनुसार पालिका भित्र स्थायी बसोबास भई हाल कक्षा ११ र १२ मा विज्ञान बिषय लिई अध्ययरत बिद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराउने भएको हो । पालिकाले यसअघिबाट नै छात्रबृत्ति कार्यक्रम कार्यान्वयनमा ल्याईरहेको छ । विज्ञान बिषय पढ्न चाहने तथा आर्थिक रुपले उक्त संकाय पढ्नलाई असहज हुने अवस्थाको अन्त्य गरी पालिकाभित्रका विज्ञान संकाय अध्ययरत बिद्यार्थीको मनोवल बढाउन पालिकाले छात्रवृत्ति कार्यक्रम अघि बढाईरहेको पालिका अध्यक्ष केशरकुमार सुब्बाले जानकारी दिनुभयो ।

 

Similar Posts