सिँवा माविमा आँखा परीक्षण तथा मनोविमर्श कार्यक्रम

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ ५ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिमस्थित सिँवा माध्यमिक बिद्यालयमा निःशुल्क आँखा परीक्षण तथा सामूहिक मनोसामाजिक विमर्श कार्यक्रम सम्पन्न भएको छ ।

पाथीभरा बहुमुखी क्याम्पस फुङलिङले नेपाल नेत्रज्योति संघ ताप्लेजुङद्धारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका आँखा स्वास्थ्य प्राविधिकहरुको सहयोगमा आँखा शिविर सम्पन्न गरेको हो । डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आई वर्कर काजीमान थेबेका अनुसार शिविरमा १ सय ४ महिला तथा १ सय ४ पुरुष गरी २ सय ८ जनाको आँखाको परीक्षण तथा गरिएको छ । परीक्षण गरिएकामध्ये ७ जनाको थप उपचार आवश्यक देखिएको परीक्षण तथा उपचारमा संलग्न आँखा स्वास्थ्य प्राविधिक थेबेले जानकारी दिनुभयो ।

पाथीभरा बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला इजमका अनुसार सो क्रममा सामूहिक मनोसामाजिक विमर्श कार्य समेत गरिएको छ । मनोबिमर्श प्रशिक्षक राजेन्द्र काफ्लेले उक्त कार्यको सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति),सिँवा माध्यमिक बिद्यालयका व्यवस्थापन समिति अध्यक्ष मछिन्द्र लिम्बू,प्रधानाध्यापक ओमनाथ गौतम सहितको उपस्थिति रहेको थियो ।

 

Similar Posts