२०७४ देखि २०७८ सम्ममा फुङलिङ–९ का ५ जना हराए,कसैले भेटे देखेमा प्रहरी र वडामा खबर गर्न आग्रह

उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १ । २०७४ देखि २०७८ सम्ममा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ९ का ५ जना व्यक्ति हराएको र अहिलेसम्म फेला पर्न नसकेको भन्दै कसैले भेटे देखेमा सम्वन्धित वडाले वडा कार्यालय र जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।
फुङलिङ नगरपालिका वडा नं ९ का वडाध्यक्ष लक्षुमन गुरुङले आफ्नो परिवारका सदस्य हराएको भनी सम्वन्धित व्यक्तिले वडा कार्यालय र जिल्ला प्रहरी कार्यालयमा सूचना दिएको जनाउनु भएको छ । गुरुङका अनुसार २०७७ साल कात्तिक १९ गते देखि सलबहादुर तामाङ हराएको सूचना उहाँका भाई प्रेम तामाङले दिनु भएको छ । २०७७ साल असोज १८ गतेदेखि आफ्नो श्रीमान् केशवकुमार तामाङ हराएको र हालसम्म फेला नपरेको सूचना उहाँकी श्रीमति कमलाले दिनु भएको छ ।
वडाध्यक्ष गुरुङका अनुसार २०७४ साल मंसिर २८ गते देखि मनोज गुरुङ हराएको सूचना मनोजकी बहिनी निशाले वडा कार्यालयमा दिनु भएको छ । २०७४ साल पुस १८ गते देखि सूर्यमान कामी हराएको सूचना उहाँकी श्रीमति सबिनाले वडा कार्यालयमा दिनु भएको छ । २०७४ साल चैत २१ गतेदेखि दावा शेर्पा हराएको सूचना उहाँकी श्रीमति सोनामले वडा कार्यालयमा दिनु भएको छ ।
वडा कार्यालयले हराएका भनिएका व्यक्ति घर परिवारको सम्पर्कमा नरहेको भन्दै कसैले देखे भेटेमा फुङलिङ नगरपालिका वडा नं ९को सम्पर्क नम्बर ०२४–५९३०७६ वा जिल्ला प्रहरी कार्यालयको सम्पर्क नम्बर ०२४–४६०१०० मा खबर गर्न आग्रह गरेको छ ।