स्थापना दिवसमा जेष्ठ कम्युनिष्ट सदस्यलाई अभिनन्दन

उज्यालो पोष्ट
ताप्लेजुङ,बैशाख ९ । नेपाल कम्युनिष्ट पार्टीको ७६ औं स्थापना दिवसको अवसरमा मंगलवार नेकपा एमाले ताप्लेजुङले जेष्ठ कम्युनिष्ट सदस्यहरुलाई अभिनन्दन गरेको छ ।
पार्टी कार्यालय मदन भण्डारी स्मृति भवनमा आयोजित समारोहकाबिच जेष्ठ कम्युनिष्ट सदस्यलाई अभिनन्दन गरिएको एमाले ताप्लेजुङका सचिव तथा प्रचार विभाग प्रमुख सन्तोष चाम्लिङले जानकारी दिनुभयो । जेष्ठ कम्युनिष्ट सदस्यहरुलाई दोसल्ला तथा सम्मानपत्र अर्पण गरिएको एमाले ताप्लेजुङले जनाएको छ ।
एमाले पोलिटब्युरो,ताप्लेजुङ जिल्ला इञ्चार्ज एवम् एमाले कोशी प्रदेश संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्वोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पार्टीका प्रदेश,जिल्ला र पालिका स्तरीय नेताहरु,जनवर्गीय संगठनका प्रमुखहरु,संगठित सदस्य एवम् कार्यकर्ताहरुको उपस्थिति रहेको एमाले ताप्लेजुङले जनाएको छ ।