सुख्खा पहिरोले घर पुर्दा लाखौंको क्षति

-उज्यालो पोष्ट
ताप्लेजुङ, बैशाख १ । ताप्लेजुङमा सुख्खा पहिरो झरेर घर पुर्दा लाखौं मूल्य बराबरको क्षति भएको छ । जिल्लाको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमको दिबुङमा गएको सुख्खा पहिरोले एक घर पूर्णरुपमा क्षति पु¥याउ‘दा लाखौं रुपियॉ बराबरको क्षति भएको हो ।
प्रहरीका अनुसार आइतबार माथिबाट खसेको सुख्खा पहिरोले लिङ्खिम दिबुङका स्थानीय देउप्रसाद निरौलाको घर पूर्णरुपमा क्षति गरेको हो । ढुंगा, माटो र काठको प्रयोग गरिएको तथा जस्तापाताको छाना भएको निरौलाको तीनतले घर सुख्खा पहिरोले क्षति गरेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
प्रनाउ रावलका अनुसार पहिरोले घर पुर्दा घरभित्र रहेको खाद्यान्न लगायतका सामग्री नस्ट भएको छ । घरमा भएको भाडाबर्तन, लडाकपडा, खाद्यान्नमा मकै १३ मुरी, धान २० मुरी, कोदो चार मुरी, दाल दुई मुरी, आलु दुई मुरी नस्ट भएको छ । यस्तै ल्यापटप एक थान, मोबाइल दुई थान, सुनको गहाना चार आनाको नैगेडी, पॉच–पॉच आनाको औंठी दुई थान, सात आनाको मिनी पिँजडासमेत क्षति हुदाँ करिव ३४ लाख ७४ हजार रुपियॉ मूल्य बराबरको नोक्सान भएको छ ।
निरौलाको घरमा डेरा बस्दै आउनुभएका सोही वडा अर्थात लिङ्खिमका वडासचिव ओमप्रकाश पौडेलको ल्यापटप, प्रिन्टर, बायोमेट्रिक हाजिरी मेसिन, टेबुल, विभिन्न कागजात लगायतका सामग्री समेतमा क्षति पुगेको छ । वडा सचिव पौडेलको निजी तथा कार्यालयका सामग्री गरी करिव एक लाख ७७ हजार रुपियॉ बराबरको क्षति भएको प्रनाउ रावलले जानकारी दिनुभयो । पहिरोले घर पूर्णरुपमा क्षति भए पनि मानवीय तथा पशुपन्छी क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।