पूर्व कार्यकारी अधिकृतको निधनमा फुङलिङले दियो शुक्रवारका लागि बिदा

उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २८ । नगरपालिकाका पूर्व कार्यकारी अधिकृत युवराज ढकालको निधनमा शोक मनाउन ताप्लेजुङको फुङलिङ नगरपालिकाले शुक्रवार पालिका भरी सार्वजनिक बिदा दिने भएको छ ।
नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार शुक्रवार फुङलिङ नगरपालिका र मातहतका वडा कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सबै सेवामा सार्वजनिक बिदा घोषणा गरिएको छ ।
ढकालको बुधवार राति ह्रृदयघातका कारण निधन भएको थियो । ढकाल ललितपुर मालपोत कार्यालयमा कार्यरत हुनुहुन्थ्यो । उहाँ २०७३ साल चैत २० गते देखि २०७४ असोज ८ गते सम्म फुङलिङ नगरपालिकाको कार्यकारी अधिकृत हुनुहुन्थ्यो ।