मिक्वाखोलाको लिवाङमा माघ १४ देखि पाँचौं मुन्धुङ्गे कप हुने

उज्यालो पोष्ट
ताप्लेजुङ,पुस २६ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ३ लिवाङमा यही माघ १४ गतेदेखि पाँचौं मुन्धुङ्गे कप २०८१ आयोजना हुने भएको छ ।

मुन्धुङ्गे संरक्षण तथा हाटबजार व्यवस्थापन विकास मञ्चको आयोजनामा अन्तरवडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सञ्चालन हुनेभएको हो । भलिबल प्रतियोगिता सँगै डोरी तान्ने र छेलो हान्ने प्रतियोगितासमेत सञ्चालन हुने आयोजकले बताएको छ । यस्तै माघ १७ गते विविध सांस्कृतिक कार्यक्रमसहित प्रतियोगितात्मक नृत्य पनि आयोजना गरिने आयोजकका अध्यक्ष भिरेन लिम्बूले जानकारी दिनुभयो ।

माघ १५ गतेदेखि हुने भलिबल प्रतियोगिताको प्रथम पुरस्कार तीनवर्षे रनिङ कप,मेडल र प्रमाणपत्र सहित नगद १ लाख ३१ हजार रुपैयाँ रहेको छ भने द्धित्तीय पुरस्कार कप, मेडल,प्रमाणपत्रसहित नगद ८१ हजार रुपैँया रहेको छ । यस्तै तृतीय हुने टिमलाई मेडल,प्रमाणपत्र सहित नगद ३१ हजार रुपैयाँ प्रदान गरिने खेल संयोजक राजन कार्कीले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि प्रवेश शुल्क ६ हजार रुपैयाँ तोकिएको छ भने माघ १४ गते साँझ ५ बजेसम्ममा नाम दर्ता गराई सक्नुपर्ने भएको छ । माघ १७ गते भने विविध सांस्कृतिक कार्यक्रमसहित प्रतियोगितात्मक नृत्य पनि आयोजना गरिने आयोजकका सचिव सुवास लिम्बूले जानकारी दिनुभयो ।

 

Similar Posts