थाईल्यान्डमा राजसंस्थाको आलोचना गर्ने फेसबुक ग्रूप बन्द

अरुलाई पनि शेयर गरौ !

(एजेन्सी),भदौ १० । थाई राजसंस्थाको आलोचना गरेकाले कानुनी कारबाही गर्ने चेतावनी दिइएपछि फेसबुकले एउटा ग्रूपलाई थाईल्यान्डमा हेर्न नमिल्ने बनाइदिएको छ । ब्याङ्‍ककले त्यसो गर्न दबाव दिएपछि आफूले त्यसविरुद्ध कानुनी उपचार खोज्ने फेसबुकले बताएको छ । थाईल्यान्डमा अहिले सरकारविरुद्ध प्रदर्शनहरू भइरहेका छन् । तिनमा राजसंस्थामा सुधार हुनुपर्ने अभूतपूर्व माग गरिएको छ । थाईल्यान्डमा राजसंस्थाको आलोचना गर्न पाइँदैन । विदेशबाट ’रोयलिस्ट मार्किटप्लेस’ नामक ग्रुप खोल्न मिल्छ । तर सोमवार साँझदेखि थाईल्यान्डमा त्यसलाई बन्द गरिएको छ । उक्त ग्रुपमा १० लाखभन्दा बढी सदस्य छन् । उक्त ग्रुप सञ्चालन गर्ने पाफिन चाचाभाल्पोन्पनका अनुसार त्यसमा राजसंस्थाबारे गम्भीर छलफल गर्न पाइन्छ र र थाई नागरिकहरूलाई आफ्नो धारणा स्वतन्त्रतापूर्वक राख्न दिइन्छ । उहाँका अनुसार राजसंस्थाले गर्ने राजनीतिक हस्तक्षेपदेखि उसको सेनासँगको घनिष्ठ सम्बन्ध र राजाको शक्तिसम्म छलफल हुने गरेको छ । उहाँ स्वैच्छिक निर्वासनमा जापानमा भएका थाई प्राज्ञ हुनुहुन्छ । उहाँले सोमवार साँझ बनाएको नयाँ फेसबुक ग्रुपलाई चार लाखभन्दा बढी प्रयोगकर्ता पछ्यासकेका छन् । ’फेसबुकले थाई सरकारले ’अवैधानिक मानेको सामग्रीलाई सीमित पार्नू आफूलाई बाध्य पारिएको बीबीसीसँग पुष्टि गरेको छ । फेसबुकले आफूले कानुनी उपचार खोज्ने तयारी गरिरहेको बताएको छ । स्रोत ः नागरिक अनलाइन

अरुलाई पनि शेयर गरौ !

Similar Posts