ढङढङ्गे झरना–हिङखाबु खक्सुवा मोटर बाटोको उद्घाटन
उज्यालो पोष्ट
ताप्लेजुङ,पुस ९ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकास्थित ढङढङ्गे झरना हिङखाबु खक्सुवा मोटर बाटोको मंगलवार समुद्घाटन गरिएको छ ।
कोशी प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्व मन्त्री तिलकुमार मेन्याङ्वोले मोटर बाटोको उद्घाटन गर्नु भएको हो । कार्यक्रममा संविधानसभा सदस्य सञ्चपाल मादेन,सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राई,पाथीभरा याङवरक गाउँपालिका अध्यक्ष केशरकुमार मेन्याङ्वो,आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन),सिदिङ्वा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया(बन्दना),पालिकाका पूर्व उपाध्यक्ष जीवन ताम्लिङ वडाध्यक्षहरु अम्बर इदिङ्गो,लक्ष्मण तामाङ,रत्नकुमार लिङदेन सहितको उपस्थिति रहेको थियो । कार्यक्रममा मेहेले र लिम्बूदिनका स्थानीय बासिन्दाहरुको समेत उपस्थिति रहेको थियो ।