पत्रकार महासंघ ताप्लेजुङमा सर्वसम्मत नेतृत्व चयन

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर २९ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको अध्यक्षमा सुवास आचार्य सहित सबै पदमा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
निर्वाचन संयोजक धर्मप्रसाद पौड्यालका अनुसार पदाधिकारी,सदस्य र केन्द्र तथा प्रदेश परिषद् सदस्यमा समेत सर्वसम्मत भएको हो । महासंघको उपाध्यक्षमा सन्तोष पुर्कुटी, महिला उपाध्यक्षमा संगिता कार्की,सचिवमा कृष्ण फुरुम्बो,सहसचिवद्धयमा साहरा लङ्वा र मनु मावो लिम्बू तथा कोषाध्यक्षमा मदन गौतम रहनु भएको छ ।
शाखा सदस्यहरुमा सुनिता रसाइली,किरण बिक,तेञ्जिङ शेर्पा,तरुण भारती,दिलकुमार लिम्बू,रञ्जना गुरुङ,टीकामाया यक्सो र एलिना दियाली चयन हुनु भएको छ । केन्द्रीय परिषद् सदस्यद्धयमा राजेन्द्र श्रेष्ठ र चन्द्रबहादुर पन्दाक‘प्रयास’ तथा प्रदेश परिषद् सदस्यद्धयमा दिनेश लिङखिम र सूर्यप्रसाद मावोहाङ लिम्बू(आलोक) चयन हुनु भएको छ ।
ताप्लेजुङमा रहेका पत्रकारहरुका पेशागत संगठनहरु क्रमशःनेपाल प्रेस युनियन,प्रेस चौतारी नेपाल,प्रेस सेन्टर र जनपत्रकार संगठनहरुकाबिचमा सहमति कायम भई यसपटक पत्रकार महासंघ ताप्लेजुङ शाखामा सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको हो ।