इंग्ल्यान्डको विशाल स्कोर, पाकिस्तान दबाबमा

अरुलाई पनि शेयर गरौ !

साउथह्याम्पटन,भदौ ७ । ज्याक क्रोलीको उत्कृष्ट २ सय ६७ रन र जस बटलरको १ सय ५२ रनको मद्दतले इंग्ल्यान्डले शनिबार पाकिस्तानविरुद्धको तेस्रो तथा निर्णायक टेस्टको दोस्रो दिन विशाल स्कोर खडा गरेको छ । इंग्ल्यान्डले आठ विकेट गुमाएर ५ सय ८३ रनमा आफ्नो पहिलो इनिङ्स समाप्तिको घोषणा गरेको हो । क्रोली र बटलरले पाँचौं विकेटका लागि ३ सय ५९ रनको साझेदारी गरे । जवाफमा आफनो पहिलो इनिङ्स सुरु गर्दै पाकिस्तानले तीन विकेट गुमाएर २४ रन बनाएको छ र टिम चर्को दबाबमा परिसकेको छ । पाकिस्तान ५ सय ५९ रनले पछाडि छ । पाकिस्तानका तीनै विकेट जेम्स एन्डरसनले लिए र उनी छ विकेट लिने पहिलो पेस बलर हुनबाट चार सिकार मात्र टाढा छन् । तीन टेस्टको सिरिजमा इंग्ल्यान्ड १–० ले अगाडि छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts