कात्तिक १० गते देखि हुने खेवाङ गोल्डकपको खेल तालिका सार्वजनिक,पहिलो खेलबाटै रोमाञ्चक

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ३० । यही कात्तिक १० गते देखि ताप्लेजुङको खेवाङमा आयोजना हुने खेवाङ गोल्डकपको सातौं संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।

आयोजक खेवाङ स्पोर्टिङ क्लवका अध्यक्ष बिनम मावोका अनुसार कात्तिक १० गते समूह ‘ए’मा रहेको कोशी प्रदेश प्रहरी टिम बिराटनगरले आयोजक खेवाङ स्पोर्टिङ क्लवसंग उद्घाटन खेल खेल्ने छ । ११ गते हुने दोस्रो खेलमा समूह ‘बी’को तेल्लोक स्पोर्टिङ क्लवले लालीगुराँस स्पोर्टिङ क्लवसंग प्रतिश्पर्धा गर्दा सोहि दिन हुने दोस्रो तथा गोल्डकपको तेस्रो खेलमा समूह ‘ए’का पाँचथरको कुम्मायक गाउँपालिकाको टिम र नैना कम्पनी प्रालि खेवाङ आमने–सामने हुने भएका छन् ।

१२ गते रेडस्टार झापा र पेदाङ स्पोर्टिङ क्लबिच समूह चरणको अन्तिम खेल हुने भएको छ । सोहि दिन पहिलो सेमीफाईल खेल समेत हुने खेवाङ स्पोर्टिङ क्लवले जनाएको छ । १३ गते दोस्रो सेमीफाइनल खेल हुने छ भने सोहि दिन मैत्रीपूर्ण खेल समेतको आयोजना गरिएको छ । खेलका लागि १४ गते बिश्राम दिइएको छ भने उक्त दिन बृहत्त साँस्कृतिक कार्यक्रम आयोजना गरिएको छ । १५ गते फाइनल खेल हुने आयोजक खेवाङ स्पोर्टिङ क्लवले जनाएको छ । प्रतियोगिताका बिजेताले १ लाख ५१ हजार १११ रुपैयाँ तथा उपविजेताले १ लाख १ लाख १ हजार १११ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाउने छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts