विश्व दृष्टी दिवस तथा ६९औं प्रहरी दिवसमा कारागारका कैदीबन्दीको आँखाको परीक्षण तथा निःशुल्क चश्मा बितरण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २३ । विश्व दृष्टी दिवस तथा ६९ औं प्रहरी दिवसको अवसरमा नेपाल नेत्रज्योति संघ ताप्लेजुङले ताप्लेजुङ कारागारमा रहेका कैदीबन्दीहरु त्था कारागार सुरक्षामा खटिएका प्रहरी कर्मचारीको निःशुल्क आँखा परीक्षणसंगै चश्मा बितरण गरेको छ ।

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रको प्राविधिक सहयोग तथा जिल्ला प्रहरी कार्यालय र जिल्ला कारागार शाखाको सहकार्यमा कारागारमा सुरक्षामा खटिएका प्रहरी कर्मचारी र कैदीबन्दी सहित ६८ जनाको आँखाको परीक्षण तथा उपचार गरिएको डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका फिल्ड आइवर्कर काजीमान थेबेले जानकारी दिनुभयो ।

थेबेका अनुसार चश्मा नलगाई नहुने ३६ जनालाई रिडेवल चश्मा निःशुल्क बितरण गरिएको छ । प्रहरी निरीक्षक रोहितकुमार शर्मा,जिल्ला कारागार शाखा प्रमुख कुलेन्द्र खवास,नेपाल नेत्रज्योति संघका जिल्ला सभापति राजकुमार गुरुङ,उपसभापति खगेन्द्र अधिकारी,सहसचिव युवराज गिरी सहित कार्य समितिका सदस्य तथा सञ्चारकर्मीहरुको उपस्थितिमा आँखा जाँच तथा निःशुल्क चश्मा बितरण गरिएको नेपाल नेत्रज्योति संघले जनाएको छ ।

डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङका अनुसार नेपाल नेत्रज्योति संघ ताप्लेजुङमार्फत प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेना सहित विभिन्न जलविद्युत परियोजनामा कार्यरत जनशक्तिको समेत विभिन्न समयमा आँखा परीक्षण तथा उपचार गरिदैं आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts