दशैं र मौसमको परवाह नगरी ओलाङचुङगोला विओपीको टोली पुग्यो ५२ सय मिटरको सीमानाका टिपताला

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २२ । दशैंको रौनक र प्रतिकुल मौसमको परवाह नगरी उत्तरी ताप्लेजुङको ओलाङचुङगोलास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा वल(विओपी)को टोली ५ हजार २ सय मिटर उचाइमा रहेको नेपाल–तिब्बत सिमाक्षेत्र टिपताला पुगेर फर्किएको छ ।

विओपी ओलाङचुङगोलाका सशस्त्र प्रहरी निरीक्षक माधव खत्रीको कमाण्डमा रहेको १० जनाको टोली नेपाल–चीन सीमा इलाकामा रहेको सीमा स्तम्भ नं ७९ को अवलोकन तथा निगरानी गरी फर्किएको सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति नरेश महर्जनले जानकारी दिनुभयो । उहाँका अनुसार टोलीले सीमा स्तम्भ क्षेत्र आसपासमा सरसफाई समेत गरेको छ ।

बिओपी टोलीले चिनिया समकक्षी अध्यागमन अधिकृत कुङगा टाँसी र प्रहरी अधिकृत दावातेसरिङ ला सँग भेटघाट तथा सामान्य छलफल समेत गरेको सशस्त्र प्रहरी वल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघाका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक महर्जनले जानकारी दिनुभयो । अहिले ओलाङचुङगोलामा रहेको विओपीका लागि मौवाटारमा भवन निमार्ण भएको छ । टिपताला पुगेको टोलीले निमार्ण सम्पन्न भएको भवनको समेत अवलोकन गरेको छ । प्रतिकुल मौसमका कारण अहिले विओपीको टोली गोलामा रहेको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts