नेपाली काँग्रेस ताप्लेजुङद्धारा प्रदेश मन्त्री हाङगामलाई गृह जिल्लामा भव्य स्वागत

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २१ । मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला आउनु भएका कोशी प्रदेश सरकारका उद्योग,श्रम तथा रोजगार मन्त्री खगेनसिं हाङगामलाई नेपाली काँग्रेस ताप्लेजुङमार्फत सोमवार फुङलिङमा सम्मान सहित बधाइ ज्ञापन गरिएको छ ।

दशैं,तिहार,छैट,नेपाल सम्वत् सहितका चाडपर्वहरुको शुभकामना आदान–प्रदान तथा मन्त्री हाङगामलाई बधाई ज्ञापन कार्यक्रमम आयोजना गरिएको नेपाली काँग्रेस ताप्लेजुङका सचिव गणेशबाबु निरौलाले जानकारी दिनुभयो । निरौलालाई केहिदिन अघिमात्र ताप्लेजुङ काँग्रेसले सचिवको जिम्मेवारी दिएको थियो । निरौलाका अनुसार शुभकामना आदान प्रदान कार्यक्रममा पार्टीका नेता तथा जनप्रतिनिधिहरु,भातृसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरु र कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

मन्त्री हाङगामको स्वागतका लागि तरुण र युवा कार्यकर्ताहरुले दोभान बजार पुगी मोटरसाइकल र्याली सहित कार्यक्रमस्थल ल्याएका थिए । नेपाली काँग्रेसका उम्मेदवार हाङगाम २०७९ सालको प्रदेशसभाको निर्वाचनमा ताप्लेजुङ निर्वाचन क्षेत्र नं १(ख)बाट प्रदेशसभामा निर्वाचित हुनु भएको हो । उहाँ नेपाली काँग्रेस ताप्लेजुङ निर्वाचन क्षेत्र नं १(ख)का सभापति समेत रहनु भएको छ ।

 

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts