कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्थाको आव २०८०।८१ को खुद नाफा बचत झण्डै २३ लाख रुपैयाँ

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १८ । ताप्लेजुङस्थित कञ्चनजंघा सामुदायिक बहुमुखी सहकारी संस्था लिमिटेडले आर्थिक बर्ष २०८०।८१ मा झण्डै २३ लाख रुपैयाँ खुद नाफा बचत गरेको छ ।

संस्थाको २१ औं बार्षिक साधारणसभामा कोषाध्यक्ष टेकनाथ अधिकारीद्धारा प्रस्तुत आर्थिक प्रतिबेदन अनुसार उक्त आवमा २२ लाख ९८ हजार ५ सय ७१ रुपैयाँ खुद नाफा बचत भएको हो । प्रतिबेदन अनुसार १ करोड ७३ लाख २९ हजार १ सय ४६ रुपैयाँ कूल आम्दानी भएकोमा १ करोड ५० लाख ३० हजार ६ सय ४५ रुपैयाँ खर्च भई करिव २३ लाख रुपैयाँ खुद नाफा भएको हो ।

संस्थाले चालू आव २०८१।८२ का लागि २ करोड २१ लाख ५० हजार रुपैयाँ बराबरको बार्षिक बजेट अनुमान गरेको छ । आव २०८०।८१ मा संस्थाले ५ करोड ३५ लाख ९७ हजार ६० रुपैयाँ लगानी गरेको थियो भने ४ करोड ५१ लाख ३४ हजार ९ सय ४३ रुपैयाँ असुली गरेको थियो । १ हजार ७ सय ९२ महिला र ८ सय ८३ पुरुष गरी कूल २ हजार ६ सय ७५ जना शेयर सदस्य रहेको संस्थाको कूल चुक्ता शेयर पुँजी २ करोड ४८ लाख ५ सय रुपैयाँ रहेको छ ।

संस्थाका अध्यक्ष चन्द्रकुमार यवागुका अनुसार संस्थाले विप्रेषण सेवा समेत प्रदान गर्दै आइरहेको छ । कुनै एक देशका नागरिक अर्को देशमा गई आर्जन गरेको रकम बैंक,वित्तीय संस्था वा अनुमति प्राप्त मनी ट्रान्सफर एजेन्सीहरूमार्फत स्वदेशमा पठाउने कार्य रेमिट्यान्स हो । यसलाई नेपालीमा विप्रेषण भनिन्छ । सहकारी संस्थामार्फत आव २०८०।८१ मा विप्रेषण सेवामार्फत २८ लाख ६२ हजार ६ रुपैयाँ बराबरको कारोवार भएको छ । उक्त सहकारी संस्थाले फुङलिङ नगरपालिका वडा नं ४ मा खरिद गरेको आठआना बढी क्षेत्रफल भएको जग्गामा अनुदान र घरजग्गा कोषबाट खर्चगरी चालू आवबाटै भवन निर्माण कार्य सुरु गर्ने भएको छ ।

संस्थाको साधारणसभाले चालू आवबाट कृषि उपज सामान खरिद बिक्री पसल सञ्चालन गर्ने तथा संस्था आवद्ध कृषक सदस्य तथा समूहले उत्पादन गरेको चीजबस्तु खरिद तथा बिक्री गर्ने प्रस्ताव समेत पारित गरेको अध्यक्ष यवागुले जानकारी दिनुभयो । साधारणसभाले संस्थामा धितो राखेर ऋण लिएका ऋणीहरुलाई पटक–पटक ऋण असुलीका लागि पत्राचार गर्दा पनि बेवास्ता गरेकोले चालू आवबाटै ति सदस्यको धितो लिलाम प्रकृया अघि बढाउने समेत निर्णय लिएको छ । संस्थाले ऋणको सीमाभित्र रहेर २ सय ६५ वटा लघुवित्त समूहलाई ऋण प्रदान समेत गरेको जनाएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts