हेंवाखोलाको पुल बगाएपछि ताप्लेजुङ आउजाउकाका लागि वैकल्पिक मार्गको खोजी सुरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १५ । पाँचथरको हेंवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाएपछि ठप्प रहेको ताप्लेजुङ आउजाउका लागि वैकल्पिक मार्गको खोजी सुरु भएको छ ।

फुङलिङको बहानन्दे–दोभान–हाङपाङ हुँदै तेह्रथुमको आठराई संक्रान्तिबाट मध्य पहाडी राजमार्गको बाटो तराई निस्कने सकिने गरी वैकल्पिक मार्गको खोजी सुरु भएको छ । वैकल्पिक मार्गको खोजी र बाटोको अवथा बारे ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन) र तेह्रथुमको आठराई गाउँपालिका गाउँपालिका अध्यक्ष दिलकुमार पाहिम लिम्बूको नेतृत्वटोलीबीच छलफल भएको छ । ‘बाटोको अवस्था ठीकै छ,ठाउँ–ठाउँ पुर्नुपर्ने र बनाउनुपर्ने ठाउँमा दुबै गाउँपालिका क्षेत्रको बाटो बनाएर यातायात सुरु गर्न सकिने निश्कर्ष छ’आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष पोमूले भन्नुभयो ।

तेह्रथुमको आठराईतर्फको भाग आठराई गाउँपालिकाले र ताप्लेजुङको आठराई त्रिबेणीतर्फको भाग आठराई त्रिबेणीले मर्मतसम्भार गर्न थालिएको र थप बर्षा नभई बाटो नबिग्रिए टुह्विल गाडीनै आउजाउ हुन सक्ने अवस्था रहेको पोमूले जानकारी दिनुभयो । उहाँले सडक मार्गमा झुक्किने सहितका समस्या भए आफ्नो मोवाइल नम्बर ९८५२६६०९५८ मा सम्पर्क गर्न समेत आग्रह गर्नु भएको छ । हेंवाखोला माथिको पुल बाढीले बगाएपछि अहिले मेची राजमार्ग हुँदै ताप्लेजुङ आउजाउ ठप्प रहेको छ । तमोर करिडोर अन्र्तगतको सडक समेत बाढीको चपेटामा परेपछि पाँचथरका केहि र ताप्लेजुङका सबै क्षेत्रका बासिन्दाहरुलाई तराई झर्नका लागि समस्या छ । हेंवाखोलाको पुल बगाएपछि मेची राजमार्गको ताप्लेजु–फिदिम सडक खण्ड अवरुद्ध छ ।
ताप्लेजुङको आठराई त्रिबेणी र तेह्रथुमको आठराई गाउँपालिकाका अध्यक्षद्धय पोमू र पाहिम वैकल्किप सडक मार्गको छलफल पछि मायाको चिनो साटासाट गर्दै ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts