ताप्लेजुङ दोस्रो पटक बन्यो कोरोना शुन्य संक्रमित जिल्ला

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ ४ । ताप्लेजुङ दोस्रो पटक फेरी शुन्य संक्रमित जिल्ला बनेको छ । कोरोना संक्रमित मिक्वाखोला गाउँपालिकाका एक पुरुषको दोस्रो पटकको पीसीआर रिर्पोट नेगेटिभ आएसंगै ताप्लेजुङ दोस्रो पटक कोरोना शुन्य संक्रमित जिल्ला बनेको हो । यहाँको सिरिजङ्घा गाउँपालिका वडा नं २ की एक मृतक महिला,कोरोना संक्रमित ति युवा र फुङ्लिङस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिनमा रहेका तथा उनीहरुको सुरक्षा एवम् व्यवस्थापनमा खटिएका सहित गरी ४० जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाईएकोमा सबैको रिर्पोट नेगेटिभ आएको छ ।

कोरोना जितेर फर्किएकालाई पुष्पगुच्छाले बिदाई गर्दै प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँई सहित अन्य ।

रिर्पोट नेगेटिभ आएसंगै ताप्लेजुङ दोस्रो पटक कोरोना शुन्य संक्रमित जिल्ला बनेको कोरोना नियनत्रण तथा व्यवस्थापन समितिका सदस्य सचिव एवम् प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाँईले जानकारी दिनुभयो । यसअघि गत साउन २० गतेदेखि २६ गते शुन्य संक्रमित जिल्ला बनेको ताप्लेजुङमा साउन २७ गते फेरी संक्रमण देखा परेको थियो । सोहि दिनको रिर्पोटमा कोरोना पोजेटिभ नतिजा आएका युवाको दोस्रो पटकको पीसीआर परीक्षण रिर्पोट नेगेटिभ आएको छ । कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिका अनुसार रिर्पोट नेगेटिभ आएका सबैलाई बिदाई गर्दा बिहीबार अपरान्ह सम्ममा यहाँस्थित ताप्लेजुङ उद्योग बाणिज्य संघको क्वारेन्टिन तेस्रो मुलुकबाट फर्किएका ३ जना मात्र रहने छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts