ताप्लेजुङको मैवाखोलाको आन्तरिक आय : अनुमान ५५ लाख,उठ्यो ६५ लाख २१ हजार

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ६ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आर्थिक बर्ष २०८०।८१ मा प्रक्षेपण(अनुमान)को तुलनामा १० लाख रुपैयाँ बढी रकम आन्तरिक आय संकलन गरेको जनाएको छ ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार उक्त आवमा पालिकाले ६५ लाख २१ हजार ६ सय ५६ रुपैयाँ आन्तरिक आय संकलन गरेको हो । पालिकाले सो आवका लागि ५५ लाख रुपैयाँ आन्तरिक आय हुने अनुमान गरेको थियो । निमित्त प्रमुख प्रशासकीय अधिकृत गोम्देनका अनुसार वडाहरुमध्ये सबैभन्दा बढी आय वडा नं ३ बाट भएको छ ।

पालिकाको केन्द्र समेत रहेको वडा नं ३ बाट ५ लाख ६० हजार ७ सय ३२ रुपैयाँ आन्तरिक आय संकलन भएको छ । यस्तै वडा नं १ बाट ३ लाख ४२ हजार ३ सय रुपैयाँ,वडा नं २ बाट ३ लाख ७३ हजार २ सय ३० रुपैयाँ,वडा नं ४ बाट ४ लाख २१ हजार ३ सय ८३ रुपैयाँ,वडा नं ५ बाट ३ लाख ८२ हजार २ सय ३० रुपैयाँ र वडा नं ६ बाट ३ लाख ६३ हजार ५ सय ३८ रुपैयाँ आन्तरिक आय संकलन भएको छ । बाँकी गाउँ कार्यपालिकाको कार्यालयबाट संकलन भएको छ ।

गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले अनुमानको तुलनामा बढी आन्तरिक आय संकलन हुनुमा करको दाहेरामा बृद्धि,पालिकाको राजश्व सुधार योजना,व्यवसाय दर्ता नविकरणमा प्रोत्साहन,प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका रणनीति प्रमुख कारण रहेको बताउनुभयो ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts