राश्वपाको ताप्लेजुङ–काठमाडौं सम्पर्क विभाग गठन,संयोजकको जिम्मेवारी न्यौपानेलाई
उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २९ । राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश न्यौपानेको संयोज रहेको ताप्लेजुङ–काठमाडौं सम्पर्क विभाग गठन गरेको छ ।
विभागको सह–संयोजकमा पूर्ण महत,सचिवमा राज याख्खा,सह–सचिवमा गोमा भट्टराई र कोषाध्यक्षमा राधा थेबे राई चयन हुनु भएको छ । सुनिल लिम्बू,प्रकाश नुगो,रामबहादुर थापा,गंगा कार्की,सागर सुवेदी,शोभा जोशी,सुभाष अधिकारी,जुनिता बानियाँ र सिद्धार्थ भट्टराई विभागको सदस्य चयन हुनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी ताप्लेजुङका संयोजक वीरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । विभागको सल्लाहकारमा रामलाल ओली चयन हुनु भएको छ ।
पार्टीकोतर्फबाट ताप्लेजुङ समेत हेर्नेगरी जिम्मेवारी पाउनु भएकी पूर्व स्वास्थ्य राज्यमन्त्री तथा सांसद डाक्टर तोसिमा कार्कीको बिशेष उपस्थितिमा भएको कार्यक्रममा पार्टीका सहप्रवक्ता रमेश प्रसाँई,अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपाने, जिल्ला संयोजक श्रेष्ठ,क्षेत्रीय निर्वाचन संयोजक हरि थापा,कृष्ण थापा,सनमछिरिङ शेर्पा,भक्तनारायण श्रेष्ठ,ऋषि थुलुङ,रवीन्द्र ओझाले आ–आफ्नो मन्तव्य राख्नु भएको थियो ।