ताप्लेजुङमा लागुऔषध खैरो हेरोइन सहित एक भारतीय र दुई नेपाली नागरिक गरी तीनजना पक्राउ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,भदौ २८ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले एक भारतीय नागरिक सहित तीनलाई प्रतिवन्धित लागुऔषध खैरो हेरोईन सहित पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक बिवेक बस्नेतले पक्राउ परेका तीनैजनालाई थप अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न ताप्लेजुङ जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान सुरु गरिएको जानकारी दिनुभयो । बस्नेतका अनुसार पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया थाना वडा नं १२ घर भई फुङलिङ नगरपालिका वडा नं ५ शिवालय मन्दिर नजिक बस्ने २३ बर्षिय अमिर हम्जा अन्सारी,फुङलिङ नगरपालिका वडा नं ५ का २० बर्षिय जगत श्रेष्ठ र वडा नं ७ का २३ बर्षिय अनुप गुरुङ रहनु भएको छ ।

प्रहरीले उहाँहरुको शरीर तथा कोठाको खानतलासी गर्दा कालो रंगको प्लाष्टिकमा ४ वटा पोकामा ७० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने लिसाईलो बस्तु संगै सेतो कागजको टुक्रामा पोको पारेको अवस्थामा सुन जस्तो देखिने पहेंलो धातुका ५ वटा टुक्रा तथा नगद २६ हजार ६ सय रुपैयाँ,पर्स,मोवाइल सहितका सामग्री बरामद गरेको समेत जानकारी दिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts