ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले थाल्यो सडक मानव मुक्त क्षेत्र बनाउने अभियान,दुई सडक मानवको उद्धार

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २० । ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले सडक मानव मुक्त क्षेत्र बनाउने अभियान सुरु गरेको छ ।

‘होप फर अल’नामको संस्थासंग मिलेर गाउँपालिकाले अभियान प्रारम्भ गरेको हो । अभियानको क्रममा विगत ५–६ बर्षदेखि पालिकाको वडा नं १ दोभान बजारमा रहेका दुईजना सडक मानवलाई उद्धार गरी जीवनरक्षाको पहल थालिएको छ । पालिका अध्यक्ष युकहाँवीर(डम्बर)हाङ्गामले घरवासविहिन भई सडकपेटीमा रहेका एक महिला र एक पुरुषलाई उद्धार गरिएको जानकारी दिनुभयो । उहाका अनुसार भारतीय मूलकी एक महिलालाई सुनसरीकोईटहरी स्थित माया घर र भारतीयमूलकै पुरुषलाई झापास्थित ‘आफ्नो घर नेपाल आश्रम’मा लगिएको छ । मानसिक सन्तुलनमा गुमाएका दुबैजनालाई उद्धार गरिएको केन्द्रमार्फत मनोसामाजिक परार्मश समेतका सेवा प्रदान हुने हाङ्गामले बताउनुभयो ।

‘होप फर अल’ले यसअघि पनि ताप्लेजुङका बिभिन्न स्थानमा रहेका सडक मानवको उद्धार तथा लागु औषध दुर्व्यसन र कुलत बिरुद्ध जनचेतना अभिबृद्धिका कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । संघीय सरकारले सडकलाई मानव आवासमुक्त बनाउने घोषणा गरेपनि नेपालका थुप्रै स्थानमा अझैपनि सडक मानव भेटिन्छन् । एकपटक उद्धार गरेपछि उनीहरुको दीर्घकालीन व्यवस्थापनमा सरकारले उचित ध्यान दिने हो भने सडक मानवको संख्यालाई शुन्यमा झार्न कठिन नहुने अधिकारकर्मी खड्गबिक्रम सुबेदी बताउँनुहुन्छ । सडक मानवको अवस्थाले देश,प्रदेश र स्थानीय सरकारको अवस्थाको पनि चित्रण गर्ने भएकोले सडक मानव मुक्त क्षेत्र बनाउन मेरिङदेनले लिएको पहलकदमी प्रशंसनीय रहेको सुबेदीले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts