घुन्साखोला माथिको झोलुङ्गे पुल र बाटो बगाएपछि घुन्सा र कञ्चनजंघा बेसक्याम्प जान कठिनाइ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,साउन ३० । कञ्चनजंघा आधार शिविर जाने प्रमुख पर्यटकीय मार्गको इलिफुक भन्ने स्थानमा गएको पहिरोले घुन्साखोला माथिको झोलुङ्गे पुल र बाटो क्षतविक्षत बनाएपछि घुन्सा र आधार शिविरतर्फ जाने पदमार्ग अबरुद्ध भएको छ ।

कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का पूर्व कार्यालय सचिव तथा स्थानीय तेञ्जिङ वालुङ शेर्पाका अनुसार पहिरोले पुरेको पुरानो पदमार्ग नबनाएसम्म तत्कालै घुन्सातर्फ जान सकिदैंन । कञ्चनजंघा आधार शिविर पाङपेमा घुन्सा हुँदै जाने हो ।

शेर्पाका अनुसार पहिरोले फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेप सेकाथुमका थाक्चे शेर्पाले होटल तथा पसल सञ्चालन गर्दै आएका दुईवटा घर पुरेर कहाँ पुग्यो भन्ने पत्तो छैन । उहाँको करिव ६ मन जति फल्ने अलैंची बारी समेत पहिरोले बगाएको शेर्पाले जानकारी दिनुभयो ।

शेर्पाको घर र पसलको क्षतिमात्र २६ लाख
यता लेलेपको लुङथुङ प्रहरी चौकीले पहिरोले घर पुरेका शेर्पा परिवारको घरको क्षतिमात्र २६ लाख बढी भएको तथ्याङ्क संकलन गरेको छ ।

दुईवटा घरको अन्दाजी मूल्य १८ लाख,उक्त घरमा रहेको पललका सामग्री सहित ८ लाख गरी २६ लाख क्षति भएको प्रहरीले स्थलगत सर्जमिन मुचुल्का तयार पारेको छ ।

प्रहरीको सर्जमिन मुचुल्कामा शेर्पाको अन्दाजी ६ मन अलैंची फल्ने बगान,सिँचाई गर्ने नाला ४ क्वाएल र एउटा सुंगुर समेत पहिरोले बगाएको उल्लेख गरिएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts