जिल्ला हुलाक कार्यालय ताप्लेजुङमा आउने भन्दा जाने चिट्ठीपत्रको संख्या बढी,झण्डै ६ लाख राजश्व संकलन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २९ । जिल्ला हुलाक कार्यालय ताप्लेजुङमा आउने भन्दा दर्ता वा जाने चिट्ठीपत्र बढी हुने गरेको पाइएको छ ।

जिल्ला हुलाक कार्यालय ताप्लेजुङका निमित्त प्रमुख नवराज गिरीका अनुसार आव २०८०।८१ मा यहाँबाट ३ हजार ९ सय ८८ थान रजिष्ट्री चिट्ठी दर्ता भई बाहिर गए । सो अवधिमा २ हजार १ सय ९३ थान रजिष्ट्री चिट्ठी ताप्लेजुङमा आए । यस्तै ८ सय ६७ थान पत्रपत्रिका बाहिर जानका लागि दर्ता हुँदा ३ सय ७५ थान यहाँका लागि आएको हुलाक कार्यालयले जनाएको छ । बुकपोष्ट भने १ सय ४२ थान दर्ता वा यहाँबाट बाहिर जाँदा २ सय २६ थान आएका छन् । गिरीका अनुसार ७ सय २१ थान साधारण चिट्ठी बाहिर जानका लागि हुलाकमा दर्ता हुँदा यहाँबाट बितरण हुनेगरी १७ थान सानो प्याकेटका सामग्री आएका छन् ।

हुलाक कार्यालयले आव २०८०।८१ को अवधिमा झण्डै ६ लाख राजश्व असुली गरेको छ । निमित्त कार्यालय प्रमुख गिरीका अनुसार कूल ५ लाख ८९ हजार ३ सय ८९ रुपैयाँ २० पैसा राजश्व असुली भएको छ । यो मध्ये टिकट बिक्रीबाट ३ लाख ८९ हजार ८ सय ९५ रुपैयाँ,अनलाइन प्रकृयाबाट चिट्ठी पठाउँदा १ लाख २० हजार ८ सय ७५ रुपैयाँ राजश्व संकलन भएको छ । अन्य विविध प्रकृयाको क्रममा १ लाख ५९ हजार ७ सय ९ रुपैयाँ २० पैसा राजश्व असुली भएको जिल्ला हुलाक कार्यालयले जनाएको छ । यसअघि जिल्ला हुलाक कार्यालयले हुलाक बचत बैंकबाट राम्रो आम्दानी गर्दै आएकोमा हुलाक बचत बैंक सेवा बन्द भएपछि हुलाक कार्यालयको बार्षिक आम्दानी पनि कम हुँदै गएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts