ताप्लेजुङका करिव २८ प्रतिशत बालबालिका अपाङ्गताको समस्यामा,८२ जना बालबालिका पूर्ण रुपले दृष्टीबिहिन

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन २९ । ताप्लेजुङमा करिव २८ प्रतिशत बालबालिका अपाङ्गताको शिकार भएका छन् ।

राष्ट्रिय जनगणना २०७८ को प्रतिबेदन अनुसार ताप्लेजुङमा १ हजार १ सय ४० बालिका र १ हजार ३७ जना बालक गरी कूल २ हजार १ सय ७७ जना बालबालिका रहेका छन् । यसमध्ये ५ सय ९७ जनाले अपाङ्गताको समस्या झेलिरहेका छन् । ति मध्ये ३ सय १६ बालक र २ सय ८१ बालिका रहेको प्रतिबेदनमा भनिएको छ । यहाँ सबैभन्दा बढी शारीरिक अपाङ्गताको समस्या झेलिरहेका बालबालिका देखिएका छन् । यस्तो अपाङ्गता झेलिरहेका २ सय ६३ जना बालबालिकामध्ये १ सय ३५ बालक र १ सय २८ बालिका रहेका छन् । यस्तै २२ बालिका र १६ बालक गरी कूल कूल ३८ बालबालिका न्यून दृष्टीयुक्त अपाङ्गताको समस्या झेलिरहेका छन् । यहाँ ८२ जना बालबालिका पूर्ण दृष्टीबिहिन छन् । दृष्टीबिहिन हुनेमा ५२ बालक र ३० बालिका रहेका छन् ।

१३ बालिका र १२ बालक गरी २५ जना बहिरोपनको समस्याले ग्रसित हुँदा ११ बालक र ३ बालिका गरी १४ जना बालबालिका सुस्त श्रवण छन् । १५ बालक र ९ बालिका गरी २४ जना श्रवण दृष्टीबिहिन अर्थात् कान पनि नसुन्ने र आँखा पनि नदेख्ने समस्या खेपिरहेका छन् । २० बालक र १० बालिका गरी ३० जना स्वर र बोलाई सहितको अपाङ्गता समस्यामा रहेका छन् । ५ बालक र ३ बालिका गरी ८ जना मानसिक वा मनोसामाजिक अपाङ्गता भएका छन् भने ३ बालक र ३ बालिका गरी ६ जना बौद्धिक अपाङ्गताको समस्यामा छन् । ४ बालक अनुवंशीय रक्तश्राव अर्थात् हेमोफेलियाको समस्यामा रहेका छन् । ३ बालिका र २ बालक गरी ५ जना अटिजम्को समस्याका कारण अपाङ्गताको समस्यामा छन् । ५७ बालक र ४१ बालिका गरी ९८ जना बहुअपाङ्गताको शिकार भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts