|

तापेथोक बजार पहिरोका कारण जोखिममा

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, साउन ४ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाको प्रशासकीय केन्द्र रहेको तापेथोक बजार माथिबाट झरेको पहिरोका कारण जोखिम परेको छ । बिहीबार राति वर्षासँगै बस्ती माथिबाट झरेको पहिरोले तापेथोक बजार उच्च जोखिममा परेको हो ।
पहिरोले मानवीय क्षति हुन नपाए पनि केही घर तथा गाउँपालिकाको कार्यालयसहितका संरचनामा क्षति पु¥याएको छ । गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति) का अनुसार गाउँपालिका कार्यालय, सभाहल लगायतमा क्षति गरेको छ । यस्तै गाउँपालिकाको सवारी साधन लगायतका सामग्रीमासमेत पहिरोले सामान्य क्षति गरेको अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
उक्त पहिरोले तापेथोक बजारका आधा दर्जन बढी स्थानीयको घर तथा संरचनामा क्षति गरेको छ । पशुचौपाया तथा पन्छीहरु राखिएका गोठ, ग्वाली, खोरजस्ता संरचनामा पहिरोले क्षति पु¥याएको स्थानीयले बताएका छन् । पहिरोले पुरेर केही पशुपन्छी मरेको हुनसक्ने गाउँपालिका उपाध्यक्ष रवीन साम्रा (विकास)ले जानकारी दिनुभयो । यद्यपि, पहिरोले पु¥याएको क्षतिको यकिन विवरण आउनलाई समय लाग्ने उहाँको भनाइ छ ।
यता पहिरोले पुरेर धराप बनाएको संरचना र सामग्रीलाई सुरक्षित गर्न गाउँपालिकाको एक्साभेटर प्रयोग गरी शुक्रबार बिहानैदेखि पहिरो पन्छाउन सुरु गरिएको छ । थप जोखिम तथा क्षति हुन नदिने प्रयासस्वरुप गाउँपालिकाको एक्साभेटर (उपकरण) प्रयोग गरेर पहिरो पन्छाउन थालेको पालिका अध्यक्ष लिम्बूले बताउनुभयो ।
त्यस्तै बिहीबार राति नै गएको पहिराले सोही गाउँपालिका वडा ६ लेलेपको साँगुमा पनि पहिरो गएको छ । साँगुमा गएको पहिरोले पुरिएर स्थानीयले पालेका केही पशुचौपाया मरेका स्थानीय शिक्षक विवस केदेमले जानकारी दिनुभयो । के कति परिमाणमा पशुचौपाया मरे र अन्य क्षतिको विवरण आउनलाइ बाँकी रहेको उहाँले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts