एसईईको नतिजा सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, भदौ १ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । बोर्डको सोमबार बसेको बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार ४ लाख ७२ हजार ७८ विद्यार्थीको परीक्षाफल प्रकाशित भएको हो । नतिजा टेलिफोन, एसएमएस र बेभसाइटमा हेर्न सकिन बोर्डले जनाएको छ ।
गत ६ चैतका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा नहुने भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरेको हो । विद्यालयहरूले विद्यार्थीको मूल्यांकन गरेर जिल्ला समन्वय इकाई मार्फत बोर्डमा पठाएका थिए । विद्यार्थीहरूको मूल्यांकन प्रधानाध्यापक अध्यक्ष र सम्बन्धित कक्षा शिक्षक तथा सम्बन्धित माध्यमिक तहका शिक्षकहरू मध्ये नियुक्तिका आधारमा सबैभन्दा जेष्ठ शिक्षक प्रतिनिधि सदस्य रहेको मूल्यांकन समितिले गरेको हो ।
विद्यार्थीको ग्रेड सिट १५ दिनपछि
यसैबीच, एसईईका विद्यार्थीले बोर्डबाट छाप लागेको ग्रेडसिट (प्रमाणपत्र) १५ दिनपछि पाउनेछ । बोर्डका अध्यक्ष पौडेलले मंगलबारदेखि प्रमाणपत्र छाप्न सुरु गरिने जानकारी दिनुभयो । कोरोना भाइरसका कारण पछिल्ला समयमा विभिन्न स्थानमा जारी बन्दाबन्दीका कारण विद्यार्थीको हातमा छिटो प्रमाणपत्र पुर्याउन केही कठिनाइ हुने देखिएको उल्लेख गर्नुभयो ।
गत चैत ६ गते लिनुपर्ने एसईईको नियमित परीक्षा चैत ५ गते स्थगित गरिएको थियो । यसैबीचमा सरकारले पूर्वनिर्धारित हिसावले परीक्षा सञ्चालन गर्न नसक्ने निष्कर्ष निकालेपछि विद्यालयले यसअघि गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा नतिजा दिने नीतिगत निर्णय सरकारले गरेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts