वन कार्यालयद्वारा उत्कृष्ट कर्मचारीलाई सम्मान

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ १ ।
डिभिजन वन कार्यालय ताप्लेजुङले वर्षभर उत्कृष्ट काम गर्ने एक अधिकृतसहित चारजना कर्मचारीलाई सम्मान गरेको छ । डिभिजन वन कार्यालयले गएको आर्थिक वर्ष २०७६/७७ मा वन संरक्षण, सम्वद्र्धन, विकास तथा व्यवस्थापनजस्ता कार्यमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई सोमबार सम्मान गरेको हो ।
कर्तव्यनिष्ठ भई आफ्नो जिम्मेवारी सम्हाल्दै उत्कृष्ट कार्य गर्ने सहायक वन अधिकृत चन्द्रलाल राई, फरेष्टर माधव गुरागाईं, वन रक्षक जीतबहादुर कटुवाल र कार्यालय सहयोगी टीकाराम देवान सम्मानित हुनुभएको हो । सम्मानित चारैजनालाई थप उच्च मनोबलका साथ काम गर्नका लागि शुभकामना दिँदै डिभिजनल वन अधिकृत वीरेन्द्र शाहले उहाँहरुलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो । कार्यालयको स्वीकृत वार्षिक कार्यक्रम नभएता पनि उत्कृष्ट काम गर्ने कर्मचारीहरुलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको डिभिजनल वन अधिकृत शाहले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts