|

ताप्लेजुङमा सर्पले डसेर दुईजना घाइते

अरुलाई पनि शेयर गरौ !

-उज्यालो पोष्ट
ताप्लेजुङ, असार ११ । ताप्लेजुङमा तीन दिनभित्र विसालु सर्पले डसेर दुईजना घाइते हुनुभएको छ । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिकाका एक वृद्ध र पाथीभरा याङ्वरक गाउँपालिकाकी एकजना वृद्धा सर्पले डसेर घाइते हुनुभएको हो ।
मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबु, महाबुङका ६४ वर्षीय बमबहादुर नाल्बो लिम्बू सर्पले डसेर घाइते हुनुभएको छ । लिम्बूलाई सोमबार बारीमा घाँस काट्ने क्रममा सर्पले डसेर घाइते बनाएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिनुभयो ।
प्रनाउ रावलका अनुसार जिल्लामा उपचार सम्भव नभएपछि लिम्बूलाई थप उपचारका लागि सर्प दंश उपचार केन्द्र चारआली झापा पठाइएको छ । यस्तै पाथीभरा याङ्वरक गाउँपालिका–१ की ६३ वर्षीया लक्षुमाया सार्कीलाई पनि सर्पले डसेर घाइते बनाएको छ । सार्कीलाई पनि बारीमा घाँस काट्ने क्रममा शुक्रबार बिहान विसालु सर्पले डसेको थियो ।
सर्पले डसेर घाइते हुनुभएकी सार्कीको भने जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts