एक सञ्चारकर्मी,एक सामाजिक व्यक्तित्व र एक रेडक्रस उपशाखालाई आइतवार पुरस्कृत गरिदैं

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ८ । टीकाराम गौतम स्मृति प्रतिष्ठानले आइतवार दुईव्यक्ति र एक संस्थालाई पुरस्कृत गर्ने भएको छ ।

प्रतिष्ठानले पत्रकारतर्फ रेडियो तमोरमा कार्यरत मनु माङलेन मावोलाई नगद १० हजार १०५ रुपैयाँ राशीसहित पुरस्कृत गर्ने भएको छ । नेपाल पत्रकार महासंघ ताप्लेजुङ शाखाको सिफारिस तथा प्रतिष्ठानको निर्णय बमोजिम मावोलाई पुरस्कृत गर्न लागिएको प्रतिष्ठानका सदस्य प्रकाशमणि गौतमले जानकारी दिनुभयो । फक्ताङ्लुङ एफएमबाट पत्रकारिता यात्रा सुरु गर्नु भएकी मावो २०७५ साल देखि रेडियो तमोरमा कार्यत रहनु भएको छ । उहाँ पत्रकार महासंघ ताप्लेजुङको कार्य समिति सदस्य समेत हुनुहुन्छ ।

यस्तै सामाजिक व्यत्तित्वतर्फ ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिका वडा नं ३ हाङपाङ निवासी हर्क यक्सोलाई पुरस्कृत गरिने भएको छ । यक्सोलाई नगद १० हजार १०५ रुपैयाँ राशीसहित पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । लामो समय सम्म शिक्षण तथा सामाजिक सेवामा आवद्ध यक्सो सरस्वती माध्यमिक बिद्यालयका सेवानिवृत प्रधानाध्यापक समेत हुनुहुन्छ ।

यस्तै उत्कृष्ट रेडक्रस उपशाखा अन्तरगत यसबर्ष मैवाखोला गाउँपालिका वडा नं ३ स्थित साँघु उपशाखा पुरस्कृत हुने भएको छ । नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाको परार्मशमा पुरस्कृत हुने उपशाखाको छनौट गर्ने गरिएको छ । रेडक्रस उपशाखालाई नगद १५ हजार १०५ रुपैयाँ राशी सहित पुरस्कृत गरिने भएको छ । टीकाराम गौतम स्मृति प्रतिष्ठानले हरेक बर्ष बैशाख ९ गते एक उत्कृष्ट सञ्चारकर्मी,एक सामाजिक व्यक्तित्व र ताप्लेजुङ जिल्लाभरको एक उत्कृष्ट रेडक्रस उपशाखालाई पुरस्कृत गर्दै आईरहेको छ ।

नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङ शाखाका तत्कालिन सभापति टीकारामको २०६७ साल कात्तिक ११ गते निधन भएको थियो । सामाजिक क्षेत्रमा अगुवा उहाँको निधन पछि सामाजिक क्षेत्रको स्मरण र सम्मान गर्न स्वर्गीय गौतमका परिवारले २०६८ सालमा टीकाराम गौतम स्मृति प्रतिष्ठान स्थापना गरी सोहि प्रतिष्ठानमार्फत उल्लेखित तीन बिधाका पुरस्कार बितरण हुँदै आएको छ ।

स्वर्गीय गौतमको जन्मदिनको पारेर हरेक बर्षको बैशाख ९ गते प्रतिष्ठानले सम्मान कार्यक्रम गर्दै आइरहेको प्रतिष्ठानका अध्यक्ष तोयानाथ गौतमले जानकारी दिनुभयो । गौतम २०१३ साल बैशाख ९ गते जन्मिनु भएको छ ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts